च्याम्पियन्स लिग नकआउट चरणको ड्र सार्वजनिक, मेस्सी र रोनाल्डो आमने–सामने (सूचीसहित)

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : ५४


यूइएफए च्याम्पियन्स लिग फुटबलको ड्र सोमबार सार्वजनिक भएको छ।

ड्रअनुसार लियोनल मेस्सीको क्लब पीएसजी र क्रिस्टियानो रोनाल्डोको क्लब म्यान्चेस्टर युनाइटेडबीच नकआउट चरणमा प्रतिस्पर्धा हुँदैछ।

अर्थात् प्रि–क्वार्टर फाइनलमै मेस्सी र रोनाल्डोमध्ये एकको क्लब आउट हुने निश्चत भएको छ।

यी क्लब एक अर्काविरुद्ध उत्रँदै

-पीएसजी र म्यान्चेस्टर युनाइटेड
-चेल्सी र लिले

-स्पोर्टिङ र युभेन्टस्
-इन्टर मिलान र आयाक्स एम्सटरड्याम

-रेड बुल साल्जबर्ग र लिभरपुल
-एथ्लेटिको मड्रिड र बायर्न म्युनिख

-भियारियल र म्यान्चेस्टर सिटी
-बेनिफिका र रियल मड्रिड


प्रतिक्रिया दिनुहोस्