झडपमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीमाथि गोली प्रहार

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : ३१


एजेन्सी । वेस्ट बैंकमा सोमबार बिहान इजरायली सेनासँगको भिडन्तका क्रममा एक प्यालेस्टिनी मृत्यु भएको सुरक्षा र चिकित्सा स्रोतहरूले जानकारी दिएका छन्।

जमील अल–कयाल नाम गरेको ३१ वर्षीय एक व्यक्ति झडपको क्रममा मारिएका हुन।

नाब्लस शहरको रस अल–ऐन क्षेत्रमा झडपको क्रममा टाउकोमा गोली लागेर उनको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले जानकारी दिएको छ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन। रासस


प्रतिक्रिया दिनुहोस्