चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ अब युट्युबमा

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ३ : १६


चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मंगलबार युट्युबमा सार्वजनिक हुने भएको छ।

ओएसआर डिजिटलको युट्युब च्यानलमा चर्चित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ सार्वजनिक हुने भएको हो।

चलचित्रमा दयाहाङ राई, विल्सन विक्रम राई, उपसना सिंह ठकुरी, कर्मा शाक्य लगायतको अभिनय रहेको छ।

यो चलचित्र सन् २०१९ मा हलहरुमा पहिल्यै रिलिज भइसकको थियो। जसले दर्शकको मन जित्न सफल भएको थियो।

कबड्डी सिरिजको अन्तिम चलचित्र आगामी वर्ष रिलिज हुनेछ। जसको यतिबेला सुटिङ चलिरहेको छ।


प्रतिक्रिया दिनुहोस्