रुसका शक्तिशाली राष्ट्रपति पुटिन कुनैबेला ट्याक्सी चलाउँथे, खान लाउनै धौं धौं थियो!

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : ३९


परमाणु सम्पन्न राष्ट्र रुसका शक्तिशाली राष्ट्रपति भ्लादमिर पुटिनले कुनैबेला ट्याक्सी चालकको रुपमा समेत काम गरेका थिए।

पुटिनले स्वयंमले आफूले ट्याक्सी चालकको रुपमा काम गरेको बीबीसीले जनाएको छ।

तत्कालिन सोभियत संघको पतनपछि सन् १९९१ मा रुसमा ठूलो आर्थिक संकट उत्पन्न भएको थियो। सो क्रममा पुटिनले खान र लाउन धौं धौं भएपछि ट्याक्सी चालकको रुपमा काम गरेका थिए।

‘रसिया, लेटेस्ट हिस्ट्री’ नामक वृत्तचित्रमा पुटिनले सोभियत युनियनको पतनपछि आफूले गरेको संघर्षको बारेमा उल्लेख गरेका छन्। उनी भन्छन्,‘सोभियत संघको पतन ऐतिहासिक रूसको विघटन थियो।’

‘कहिले काहीँ मैले पैसा कमाउने विकल्प खोज्नु पथ्र्यों’ उनी भन्छन्,‘मतलब थप पैसा कमाउन मैले ट्याक्सी चलाएको छु।’

पुटिन सोभियत संघ ताका सोभियत सुरक्षा सेवाका एजेन्ट थिए। उनले सन् १९९० मा सेन्ट बिटर्सबर्गका मेयर एनाटोली सोबचकको कार्यालयमा पनि काम गरे।


प्रतिक्रिया दिनुहोस्