एमबाप्पेको दुई गोलमा पिएसजीको जित

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : ४८


काठमाडौं । युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल मद्धतमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन ।(पिएसजी) ले घरेलु मैदानमा मोनाकोमाथि २–० अन्तरको जित निकालेको छ ।

आइतबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा एमबाप्पेले दुई गोल गरेपछि पिएसजीले शीर्षस्थानमा अंक दूरी थप मजुबद बनाएको हो ।

खेलको १२औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोल गरे । ४५ औं मिनेटमा एमबाप्पेले दोहोरो अग्रता दिलाए ।

जितसँगै पिएसजीको १८ खेलबाट ४५ अंक भएको छ । पराजित मोनाको २६ अंक जोडेर आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्