अहिलेको नेतृत्व परिवर्तन भएर फेरी अर्को सरकार बन्छ : शेखर कोइराला

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ०४


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको ऊर्जाको सम्मिश्रण गर्दै सशक्त कांग्रेस बनाउने बताएका छन्।

कांग्रेस सभापतिका प्रत्याशी रहेका नेता कोइरालाले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइरालालगायत नेताको अनुभवलाई आत्मसाथ गर्दै युवा ऊर्जाका साथ काम गर्ने बताएका छन्।

देउवाले युवाको ऊर्जाले मात्रै सशक्त र गतिशील कांग्रेस निर्माण हुने बताएका छन्। नेता कोइरालाले हिजोका तिक्तता भुल्दै अब नयाँ सिराबाट अगाडि बढ्नुपर्ने धारणा राखेका छन्। उनले संविधानमा केही परिमार्जन गर्नुपर्ने भए त्यो पनि गरिने उनले बताएका छन्।

उनले पार्टी भित्रका व्यथिति अन्त्यका लागि जबाफदेही नेतृत्व खोजिरहेको धारणा राखेका छन । उनले प्रधानमन्त्री देउवाले आफूलाई नजिताए गठबन्धनको सरकार ढल्ने बताएको प्रति आपत्ति जनाएका छन्।

नेता कोइरालाले नेतृत्व परिवर्तन भएर फेरी पनि जिम्मेवार गठबन्धनको सरकार निर्माण हुने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्