भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  २ : ३६


नयाँ दिल्ली। भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ। यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ।

पन्जाबको चन्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो। दुई जनामध्ये एक जना आइरल्यान्डबाट भारत आएका विदेशी हुन्। उनीहरु दुबै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए।

ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस्