उम्मेदवारी फिर्ताको समय डेढ घन्टा बढाइयो, १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ११ : ३०


काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ताको समय डेढ घन्टा बढाइएको छ । यसअघि आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो ।

अब साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय थप गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

उम्मेदवारी फिर्ता गर्न चाहनेको संख्या ठूलो भएकाले समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

दिउँसो १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्