ढुंगाना र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ५२


काठमाडौं । कांग्रेस केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले दिएको समयसीमामा रायले उम्मेदवारी फिर्ता लिएका थिए । ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन् । सो पदमा ढुंगाना, राय र रिजालको उम्मेदवारी परेको थियो ।


प्रतिक्रिया दिनुहोस्