जन्ती बोकेको बस दुर्घटना : चालकको मृत्यु, आठ जना गम्भीर घाइते

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : १२


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ ।

जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएको छ ।

बलेफी–५ का स्थानीय सन्तोष भुजेलको बिवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस राति ९ बजे दुर्घटनामा परेको हो ।


प्रतिक्रिया दिनुहोस्