देउवाले दिए सभापतिमा उम्मेदवारी, वालकृष्ण प्रस्तावक, सिटौला समर्थक

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : २२


काठमाडौंl कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा मनोनयन दर्ता गरेका छन् ।

पार्टीको जारी १४औं महाधिवेशनमा देउवाले पुनः सभापतिका लागि उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता वालकृष्ण खाँड छन् भने सर्मथकमा कृष्णप्रसाद सिटौला छन् ।

देउवा प्यानलवाट महामन्त्रीमा पूर्णबहादुर खड्का र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिमा भने विजय गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्