नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। मनोनयनको समय सकिँदा सभापतिको लागि ६जनाले उम्मेदवारी दिएका हुन्।
यस्तै महामन्त्रीको लागि पनि ६ जनाकै उम्मेदवारी परेको छ।। शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका हुन। सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन्।
त्यस्तै उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन्।