काठमाडौं । भारतले नेपालको भुगोल आफ्नो नक्सामा देखाएको विरोधमा कञ्चनपुरमा विरोध प्रदर्शन भएको छ ।
राजनीतिक नक्सा कालापानी , लिम्पियाधुरा र लिपुलेक लाई समावेश गरिएको विरोधमा नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध प्रर्दशन गरेको छ ।
सेतिमहाकाली क्षेत्रीय समन्वय समितीद्वारा कञ्चनपुरको महेन्द्रनगरमाहजारौं विद्यार्थी सहित विरोध प्रदर्शन गरिएको हो ।
विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रिय सदस्य बबरजङ्ग सिंह र कंचनपुर अध्यक्ष नरेन्द्र भाटले सम्बोधन गर्नु भएका थियो ।