काठमाडौं। एक समयका प्रभावशाली कांग्रेस नेताहरू १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमै सीमित हुने भएका छन्। जो यसअघि कांग्रेसको पदाधिकारी भइसकेका छन्।
कांग्रेस महामन्त्री डा शशांक कोइराला, डा.रामशरण महत र अर्जुननरसिंह केसी केन्द्रीय सदस्यका उम्मेदवार हुने भएका छन्।
यसअघि केसी र महत कांग्रेस सहमहामन्त्री भइसकेका छन्। दुवैले केन्द्रीय सदस्यको मनोनयन दर्ता गरेका छन्।
शशांक भने केही समयपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न जाँदैछन्। उनलाई केन्द्रीय सदस्यको सूचीको पहिलो नम्बरमा राखिएको छ।