ए डिभिजन लिगः सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम, एनआरटीको पहिलो जित

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ३ : २५


काठमाडौं। विदेशी खेलाडी स्टेफन समिरको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ मा पहिलो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा एनआरटीले नव प्रवेशी सातदोबाटो युथ क्लबलाई १–० अन्तरले पराजित गरेको हो।

मेसुके ओलोउमोउले मिलाएको पासलाई ४५ मिनेटमा समिरले सदुपयोग गर्दै बक्सभित्रबाट सहज गोल गरे।

बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्।

पहिलो जितपछि चार खेलबाट ५ अंक बनाउँदै एनआरटी सातौं स्थानमा उक्लिएको छ। यता, अपराजित यात्रामा पूर्ण बिराम लागेको सातदोबाटो चार खेलबाट ७ अंक बनाउँदै तेस्रो स्थानमा यथावत छ।

पराजित भएसँगै सातदोबाटो शीर्षस्थानमा उक्लन असफल भयो।

चार खेबलाट १० अंक बनाएको मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ।


प्रतिक्रिया दिनुहोस्