काठमाडौं । डिशहोम फाइबरनेटले ‘डाइनामिक कम्बो प्याक’ अफर अन्तर्गत ४० एमबिपिएस इन्टरनेट वार्षिक मात्र १२ हजार ९ सय ९९ मा ल्याएको छ ।
जस अन्तर्गत डिशहोम फाइबरनेटसँगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउने डिशहोमले जनाएको छ । यो सुविधा २५ एमबिपिएस वार्षिक ११ हजार ५०० मा पनि लिन सक्ने जनाएको छ ।
साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभोड जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबिपिएस देखि १०० एमबिपिएस सम्म उपलब्ध छन् ।