उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० स्थायी घर भएका टेकबहादुर सार्की पक्राउ परेका हुन्।
बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको जाहेरीमा खुलाइएको छ।
बालिकाको परिवारले दिएको लिखित जाहेरीपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले सार्कीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ती बालिकाको स्वास्थ्य परीक्षण गरेको छ।
पक्राउ परेका सार्कीलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका पवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।