भारतीय रक्षा प्रमुख बिपिन रावत र उनकी श्रीमती मधुलिकाको शुक्रबार अन्त्येष्टी गरिएको छ।
दिल्लीको कैन्ट क्षेत्रमा अन्तिम संस्कार गरिएको बीबीसीहिन्दीले जनाएको छ। सो क्रममा रावतका दुई छोरी क्रितिका र तारिणी रावतले दागबत्ती दिएका थिए।
रावतका सन्तानको रुपमा यी दुई सन्तान हुन्। गत बुधबार सैन्य हेलिकप्टर दुर्घटना हुँदा रावतसँगै १३ जनाको मृत्यु भएको थियो।
अन्तिम संस्कारका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहजस्ता शीर्ष नेता अन्त्येष्टीस्थल पुगेका थिए।