धादिङमा बस दुर्घटना

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ४ : १८


काठमाडौं । धादिङको सिम्लेमा यात्रु सवार बस दुर्घटनामा परेको छ। काठमाडौबाट धादिङबेसि जाँदै गरेको बस सिम्लेमा दुर्घटना भएको छ।

बा २ ख ७०६ बस शुक्रबार दिउँसो करिब साढे ३ बजे सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनामा करिब आधा दर्जन यात्रु घाइते भएका छन्।

घाइतेहरुमध्ये केहीलाई स्थानीय स्वास्थ्य संस्थामा र केहीलाई काठमाडौं पठाइएको छ। विस्तृत विवरण आउन बाँकी छ।

तस्विर : नारायण सिलवाल

 


प्रतिक्रिया दिनुहोस्