काठमाडौं । कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ ।
बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा दुई दिनसम्म चल्ने दोस्रो अन्तर्राट्रिय नशामुक्त शाकाहारी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मेलनका व्यवस्थापक एवम संरक्षक नन्दकुमार चौधरीले जानकारी दिनुभयो ।
ऋषिमुनिको देश नेपालमा हुने सम्मेलनमा सहभागी हुन उहाँले शिक्षक, कर्मचारी, राजनीतिककर्मी, किसान, मजदूर र समाजसेवीहरूलाई आग्रह गर्नुभयो ।
चौधरीले विश्वका विभिन्न ३२ राष्ट्रबाट भक्तजन तथा शान्तिप्रेमी नागरिकको सहभागिता रहने बताउनुभयो । सम्मेलनमा ६० हजारभन्दा बढी भक्तजनहरु सहभागी हुनेछन ।