काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठ मिस वल्र्डको टप ३० मा छनोट भएकी छन।
अमेरिकामा भईरहेको प्रतियोगीतामा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रता उत्कृष्ट ३० मा पुगेकी हुन्।
उनले ‘हेड टु हेड च्यालेञ्ज’ बाट इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै उक्त स्थान बनाएकी हुन्।
उनीसँगै फिलिपिन्स, क्यामरुन लगायत देशका सुन्दरीहरु उत्कृष्ट ३० मा पुगेका छन्।
मिस वर्ल्डको अन्तिम कार्यक्रम भने डिसेम्बर १६ मा हुनेछ।