नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज (शुक्रबार)बाट काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् ।
यस्तै महाधिवेशनमा सहभागी भएकाको स्वागत कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गरेका छन् । उनले महाधिवेशनमा आएका ७७ रै जिल्लाका महाधिवेशन प्रतिनिधि, अतिथि, आगन्तुक सबैलाई स्वागत गरेका छन् ।
महाधिवेशन सुरु हुनुअघि विभिन्न जातजातिको झाँकी प्रस्तुत भएको थियो ।