पोखरामा बिहानै ट्रक दुर्घटना, २ जनाको मृत्यु

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १२ : ०४


पोखरा। पोखराको विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बिहान साढे ४ बजेतिर लु २ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको हो।

वीरगन्जबाट रड लिएर पोखरा आउँदै गरेको ट्रक पल्टिएपछि त्यसमै च्यापिएर ट्रक चालक लमजुङका ४२ वर्षीय भिमबहादुर तामाङ र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्