काठमाडौं । चर्चित गायक पुरुषोत्तम गैरेले आफ्नो नयाँ गीत ‘बैसाखी’ सार्वजनिक गरेका छन । उक्त गीतमा बिमल पौडेलको शब्द तथा पुरुषोत्तम गैरेको संगीत एवं सुनिल परियारको संगीत संयोजन रहेको छ ।
गीतमा आवाज पनि गैरेकै रहेको छ भने उनलाई लोकप्रिय गायिका देवी घर्तिले साथ दिएकि छन् । मर्मस्पर्शी शब्दहरुले श्रिङ्गारिएको उक्त गीतको भाका र आवाजमा पनि उत्तिकै मिठास रहेको सुन्न सकिन्छ। गायक पुरुषोत्तम गैरेको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा इश्वर बाबुको निर्देशन सम्पादन तथा बिकाश ज्ञवालीको रंग संयोजन रहेको छ।
भिडियोमा शिशिर पौडेल, लक्ष्मी पाण्डे न्यौपाने र आशिष ढकालको अभिनय रहेको छ। भिडियोको छायांकन हरिश महराले गरेका हुन्। गायक गैरेले उक्त गीतबाट आफुले निकै आशा गरेको र दर्शक श्रोताहरुको मन जित्नेमा विश्वस्त रहेको बताएका छन्।
भिडियाे