२५ औं वार्षिकोत्सवको अवसरमा एनसीसी बैंकद्वारा रक्तदान कार्यक्रम

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ०९


काठमाडौं । एनसीसी बैंकले २५ औं वाषिर्कोत्सवको उपलक्ष्यमा बिहीवार देशव्यापी रक्तदान कार्यक्रम गरेको छ ।

बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमति प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्र्रनगर र सुदुरपश्चिम प्रदेशको धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

देशका विभिन्न भागमा एकै दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताहरुबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

साथै बैंकले २५ औं वाषिर्कोत्सवको अवसरमा “एनसीसी सिल्भर सेभिङ्ग खाता”, “एनसीसी सुगम सिल्भर मुद्घती खाता”, “एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता” र “एनसीसी सिल्भर रेमिट मुद्घती खाता” जस्ता आकर्षक निक्षेप खाताहरु संचालनमा ल्याएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्