सरकारले सहमति कार्यान्वयन नगर्दा समस्या : विप्लव

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ९ : २९


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन।

बिहीबार बन्दी कार्यकर्ता भेटघाट गर्न सङ्खुवासभाको खाँदबारी कारागार आइपुग्नु भएका महासचिव चन्दले सरकार सहमति कार्यान्यवनमा उदासिन रहेको आरोप लगाए।

तीनबुँदे सहमतिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले सहमति कार्यान्वयन गर्नेमा आपूm आशावादी रहेको बताए।

बन्दीगृहका नेता कार्यकर्ता रिहा गर्न सत्तारुढ दलका प्रमुख सकारात्मक भएपनि पहल गर्न कोही अग्रसर नभएको उनको भनाइ थियो।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २० गते तीन बुँदे सहमति भएको थियो।

बन्दीको रिहाइ र मुद्दा खारेजीका लागि सत्तारुढ दलका प्रमुखसँग पुनःछलफल गर्ने उनले बताए।

नेपाली कांग्रेसमासमेत समाजवादको बहस सुरु भएकाले समाजवाद पक्षका कम्यूनिष्ट पार्टी एक हुनुको विकल्प नभएको उनले बताए। रासस


प्रतिक्रिया दिनुहोस्