काठमाडौं । राप्रपाको अध्यक्षमा हारेका कमल थापाले पछिल्लो समय निर्मल निवासको हस्तक्षेपका कारणका कारण आफू पराजित भएको आरोप लगाइरहेका छन।
अध्यक्षमा हारेपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज्ञी हिमानी शाह लगायतमाथि आक्रोश पोखेका थिए।
सामाजिक सञ्जालमा सक्रिय थापाले पूर्व राजपरिवारका सदस्यहरुको नाममा सञ्चालित फेक आइडीलाई मेन्सन गरेपछि निर्मल निवासले त्यसको खण्डन गरेको छ।
पूर्वयुवराज्ञी हिमानी शाहको सचिवालयले हाल शाह कुनै पनि सामाजिक सञ्जालमा सक्रिय नरहेको स्पष्ट पारेको छ।