सिन्धुली । गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीबीच मैत्रीपुर्ण फुट्बल प्रतियोगिता सम्पन्न भएको छ।
लैंगिक हिंसा विरुद्धको १६ दिने विशेष कार्यक्रम अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन भएको छ।
फिक्कल गाउँपालिकाको वडा.न. ६ स्थित तिन्खन्डे खेल मैदानमा भएको मैत्रीपुर्ण खेलमा कर्मचारीको टिम ५-१ को गोल अन्तरले पराजित भएको छ।
खेलमा जनप्रतिनिधीको तर्फबाट वडा.न.५ का वडाध्यक्ष राजु बराल र कर्मचारीको तर्फबाट निमित्त प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल क्याप्टेन रहेका थिए।
खेल अवलोकन गर्न स्थानीयबासी, विभिन्न राजनैतिक दलका स्थानिय नेताकार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो।