बिहे गरेको ३ दिनमै बेहुली फरार भएपछि..

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ७ : ४३


काठमाडौं । बैतडीमा एक युवती बिहे गरेको ३ दिनपछि बेपत्ता भएकी छन।

जिल्लाको दशरथचन्द नगरपालिका–५ नौहाँटका दिपकप्रशाद भट्टले दोगडाकेदार–१ रीमकी जयन्ती जोशीसँग बिहे गरेका थिए।

दुलही गायब भएपछि अहिले बेहुला भट्ट उनको खोजीमा जुटेका छन। उनले फरार भएकी दुलहीको खोजीकार्य गरिदिन भन्दै प्रहरीमा निवेदन पनि दिएका छन्।

दिपक र जयन्तीबीच गत असोजदेखि फोनमा सम्पर्क हुन थालेको थियो। लामो कुराकानी पछि बिहेको कुरा अघि बढेको दुलाहा दिपकले बताएका छन्।

फोनमा कुरो गर्दै जाँदा सम्बन्ध झाङ्गिदै गएपछि मंसिर १ गते दिपक दुलही हेर्न गएका थिए। उनीहरुको यहि मंसिर १२ गते विवाह सम्पन्न भयो। १३ गते घर भित्र्याएकी दुलही १५ गते घर छोडेर गएको दिपकले गुनासो गरे।

केटीको अर्कै केटासँग सम्बन्ध रहेको र घरबाट त्यसलाई नदिने विचार रहेकाले आफूलाई फसाएको उनले दाबी गरे।

-सिमारेखाबाट

-फाइल फोटो


प्रतिक्रिया दिनुहोस्