गगन थापाको अवधारणपत्र : ‘समुन्नत नेपाल, सम्मानित नेपाली’

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : ३६


काठमाडौं । नेपाली कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन्।

काठमाडौंमा बिहीबार कार्यक्रम आयोजना गरेर उनले ‘समुन्नत नेपाल स् सम्मानित नेपाली’को संकल्पसहित अवधारणापत्र सार्वजनिक गरेका हुन्।

शिक्ष, स्वास्थ्य जस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागु गर्नुपर्ने बताए।

१५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले २०७८ सालपछि कांग्रेसले समुन्नत नेपाल स् सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनुपर्ने बताए । तर, यसका लागि गरिने लगानीबारे स्पष्ट हुनुपर्ने र यसको तयारी कांग्रेसले गर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्