मेलाको उद्घाटन गर्दै मुख्यमन्त्रीले भने-‘अहिले मेला महोत्सव आवश्यक छैन्’

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ४ : ३९


दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नागरिक सुरक्षा सर्वोपरी भएको बताएका छन्।

उनले जनताको स्वास्थ्य सुरक्षामा खेलबाँड गर्न नहुने भन्दै मेला महोत्सव सञ्चालनहरूले यो विषयमा गम्भीर हुनु पर्ने बताए।

चन्द्र सूर्य यातायात प्रालिले तुलसीपुरमा सञ्चालन गरेको महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले अहिलेको अवस्थामा मेला महोत्सव आवश्यक नभएको बताए।

उनले राजनीतिभन्दा ठूलो सुशासन र जनताको जीवन भएकोले जनताको जीवनका कही कतैबाट खेलबाड भएमा प्रदेश सरकार त्यो नियन्त्रण गर्ने बताए। उनले जनताको सुरक्षाभन्दा सामाजिक काम ठूलो नभएको बताए।

उनले तुलसीपुरको विकासका लागि सामाजिक कार्य गर्ने हो भने एक्लाएक्लैभन्दा पनि सामुहिक एकता र प्रयास हुनु पर्ने बताए। कुनै पनि काम सुरू गरेपछि त्यसको व्यवस्थापन सही हुनु पर्ने भन्दै मेलाको नाममा जिल्लाको गलत प्रचार नगराउन आग्रह गरे।

उनले महोत्सवको प्रभावकारिता खोजिनु पर्ने बताए । सामाजिक, साँस्कृतिक, व्यापारिक प्रभाव हेरर मेला महोत्सव लागउनु पर्ने तर्क गरे। उनले नीतिभन्दा बाहिर गएर गतिविधि गरे तत्काल रोकिने बताए।

उनले संविधानको रक्षाका लागि कुनै बेला राजनीतिक दलहरू सडकमा आउनु परेको र अहिले संविधानको रक्षा भएपछि सुशासन अभियानमा रहेको बताए।

मुलुकको संविधान बचाउन सडक आन्दोलनमा जानु परेको हुँदा अबको नीति राजनीति भन्दा सुशासन महत्वमा रहेको बताए।


प्रतिक्रिया दिनुहोस्