देउवा पुग्ने बितिक्कै केन्द्रिय समिति बैठक सुरू

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  २ : ०६


काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आउने बितिक्कै नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक सुरू भएको छ।

बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घन्टा ढिलो गरी बैठक सुरू भएको हो।

शुक्रबारदेखि काठमाडौंमा सुरू हुने १४ महाधिवेशनका बारेमा जानकारी लिन तथा त्यसलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित केन्द्रिय समितिको बैठक बोलाइएको हो।


प्रतिक्रिया दिनुहोस्