यु-१९ क्रिकेट: नेपाल र बंगलादेश एकै समूहमा

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : ३५


काठमाडौंl आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कपमा नेपाल सहज समूहमा परेको छ।

एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। समूहमा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन्।

समूह ‘ए’ भने भने बलिया भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन्। प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दा ११ पुसमा दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । यस्तै १३ पुसमा कुवेतसँग खेल्ने तालिका छ।

प्रतियोगिताको लागि नेपाली टोलीले तयारी तीब्र बढाएको छ।


प्रतिक्रिया दिनुहोस्