आजको मौसमः पहाडी क्षेत्रमा बदली, आज प्रदेश १ मा वर्षाको सम्भावना

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : ३१


काठमाडौं। बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ।

प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

राति प्रदेश १ र २ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्