कालापानीबाट सेना फिर्ता गर्न भारतलाई चेतावनी

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ६ : ४५


काठमाडौं । जनअधिकार अभियान नेपालले भारतले हालै प्रकाशित गरी सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसमेतलाई आफ्नो भूभागभित्र समावेश गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कालापनीबाट आफ्नो सेना तत्काल फिर्ता गर्न चेतावनी दिएको छ । 

अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिनुभएको हो।

भण्डारीको विज्ञप्तिमा भनिएको छ, ‘कालापानी क्षेत्र नेपालको आफ्नो भूभाग हो । काली नदीको उद्गम स्थल लिम्पियाधुरा हो । सुगौली सन्धिको धारा ५ अनुसार काली नदी नै नेपालको पश्चिम सिमाना हो जुन कुरालाई सन् १८५६ अघिका नक्सा सन्धिसम्झौतालगायतले स्पष्ट पार्दछ । यी यावत वस्तुस्थितिका बाबजुद पनि भारतबाट नेपालको कालापानीलगायत क्षेत्रमा गरिएको अतिक्रमणको जनअधिकार अभियान नेपाल घोर विरोध गर्दछ ।’


प्रतिक्रिया दिनुहोस्