काठमाडौं । भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख जेनरल विपिन रावत, उनकी श्रीमती सहित हेलिकप्टरमा सवार अन्यको निधन भएको पुष्टि भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्विट गर्दै देशले एकजना कुशल सैन्य नेतृत्व गुमाएको उल्लेख गरेका छन।
I am deeply anguished by the helicopter crash in Tamil Nadu in which we have lost Gen Bipin Rawat, his wife and other personnel of the Armed Forces. They served India with utmost diligence. My thoughts are with the bereaved families.
— Narendra Modi (@narendramodi) December 8, 2021
तमिलनाडुको कुन्नूरमा भारतीय एयर फोर्सको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको थियो। उक्त हेलिकप्टरमा कुल १४ जना यात्रारत थिए। त्यसमध्ये १३ जनाको निधन भएको हो।
भारतीय वायु सेनाको एमआई-१७भी ५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ।
जेनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुनुका साथै सन् २०२० को ज्यानुअरीयता भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका छन्।
उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए।
दुर्घटनामा घाइते भएका ग्रुप क्याप्टेन वरुण सिंहको वेलिङ्टनस्थित सैनिक अस्पतालमा उपचार भइरहेको भारतीय वायु सेनाले जानकारी दिएको छ।