टुँडिखेललाई अतिक्रमणबाट जोगाउन मानवसाङ्‍लो (फोटोफिचर)

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ६ : १०


काठमाडौं । अतिक्रमणमा परेको विरोधमा टुँडिखेल बचाउँन काठमाडौंमा प्रदर्शन भएको छ । 

आज बिहानैबाट अक्युपाई टुँडिखेल अभियानअन्तर्गत जनतासँगै विभिन्‍न विशिष्ट व्यक्ति टुँडिखेल पुगेर मानवसाङ्‍लो बनाएर अतिक्रमणको विरोध जनाएका हुन्। 

विभिन्‍न समयमा सरकार र गैर सरकारी क्षेत्रबाट टुँडिखेल अतिक्रमण भएकोभन्दै उनीहरूले विरोध जनाएका हुन् । 

नागरिकस्तरबाट आयोजित यो कार्यक्रममा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्रदेश सांसदहरु, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत सहभागी हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्