बिक्की र कट्रिनाको विवाहको भिडिओ–फोटो ८० करोड भारुमा बेचियो

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ४ : ५८


बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह कार्यक्रम मंगलबारदेखि भव्य रुपमा सुरु भएको छ।

उनीहरु विवाह बन्धनमा भने बिहीबार बाँधिदैछन्। उनीहरुले आफ्नो विवाह समारोहलाई गोप्य बनाउने तयारी गरेका छन्।

तर त्यस पछाडिको कारण गज्जबको छ। आफ्नो बिवाह कसले पो गोप्य राख्न चाहन्छ र?

तर मोटो रकम आउने भएपछि उनीहरुले आफ्नो भिडिओ र फोटोको अधिकार ओटीटी प्लेटफर्मलाई दिएको भारतीय संचारमाध्यमले जनाएका छन्। बिक्की र कट्रिनाले आफ्नो फोटो र भिडिओको अधिकार अमेजन प्राइमलाई बेचेका हुन्।

खबरअनुसार कट्रिना–बिक्कीको विवाहको भिडियोका लागि अमेजनले ८० करोड भारतीय रुपैयाँ तिरेको छ।

यही कारण कट्रिना र बिक्कीले विवाहमा मोबाइल प्रतिबन्ध लगाएका हुन्। उनीहरुले गोप्य रुपमा फोटो र भिडिओ खिचे जरिवाना हुने चेतावनी दिइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्