काठमाडौं। भारतीय सेनाका पूर्व प्रमुख तथा चिफ अफ डिफेन्स स्टाफका प्रमुख जेनरल विपिन रावत सवार एउटा हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको छ।
सो हेलिकप्टरमा रावत र उनको परिवारका सदस्य सहित १४ जना सवार थिए।
भारतीय वायु सेनाको एमआई-१७ भी ५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ।
दुर्घटनाग्रस्त हेलिकप्टरका तस्विर सार्वजनिक भएपनि जनरल रावत र उनको परिवारको अवस्थाबारे स्पष्ट जानकारी दिइएको छैन। उनको अवस्थाबारे भारतीय रक्षा मन्त्री राजनाथ सिंहले संसदमा जानकारी दिने बताइएको छ।
यसैबीच, एक उच्च सैनिक अधिकारीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली लेखेका छन।
RIP General Bipin Rawat!
— Lt Gen H S Panag(R) (@rwac48) December 8, 2021
त्यसैगरि अर्का सैनिक अधिकारीले पनि राउतको मृत्यु भएको बताएका छन।
Reportedly: Indian CDS Gen Bipin Rawat has died alongside family and colleagues in a #helicrash earlier today in India’s Tamil Nadu: one of the twenty one separatist states of India.
— Major Adil Raja (R) (@soldierspeaks) December 8, 2021