अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई कीर्तिमानी सातौं बालुन डि’ओर प्राप्त गरेको केही समयमै धक्का लागेको छ।
उनलाई स्पेनमा रहेको उनले चार तारे होटल भत्काउन अदालतले आदेश दिएको स्पोर्ट्स बाइबलले जनाएको छ।
खबरअनुसार मापदण्डविपरित होटल बनाएको भन्दै अत्याधुनिक सुविधासम्पन्न होटल मिम सिटगेशलाई अदालतले तत्काल भत्काउन आदेश दिएको हो।
उक्त होटेल २६ मिलियन पाउण्ड लगानीमा बनेको थियो। मेस्सीले यो होटेल सन् २०१७ मा म्याजेस्टिक होटल समूहसँग ३० मिलियन युरोमा खरिद गरेका थिए।
७७ वटा कोठा रहेको यो होटल बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुन्द्र किनारमा रहेको छ। होटल भत्काउन आदेश आएपछि मेस्सी चिन्तित छ्।