नाइजेरियामा १० लाख डोज खोप हिनामिना गरियो

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  २ : १२


कानो। अफ्रिकी देश नाइजेरियामा १० लाख डोज कोभिड खोप हिनामिना भएको छ। प्रयोग नभइ पहिलो पटक यति ठूलो परिणाममा खोप खेरा गएको हो।

विश्व स्वास्थ्य संगठनका अनुसार २० करोड जनसंख्या भएको नाइजेरियामा मुस्किलले चार प्रतिशत वयस्कले खोप लगाएका छन्।

राम्रोसँग भन्डारण हुन नपाउँदा ठूलो परिमाणमा खोप हिनामिना भएको हो। अनुदानमा प्राप्त ठूलो परिमाणाको खोप व्यवस्थापन गर्न नसक्दा अफ्रिकी मुलुकहरुमा खोप हिनामिना हुने क्रम बढ्दो छ।

सरकारले खोप व्यवस्थापन गर्न नसक्दा हिनामिना भएको डूब्लूएचओले जनाएको छ। अक्टोबरमा प्रदान गरिएको थप अ‌ाठ लाख खोपको मात्रा भने प्रयोगमा अ‌ाएको जनाइएको छ।

नाइजेरियामा अझै ५० प्रतिशतले पूर्ण खोप लगाएका छैनन्। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै पश्चिमेली देशहरुले नाइजेरियामाथि यात्रा प्रतिबन्ध लगाएका छन्। पछिल्लो समयमा नाइजेरियामा संक्रमितहरुको संख्या बढेको छ।


प्रतिक्रिया दिनुहोस्