चीन सञ्चारकर्मीका लागि संसारकै सवैभन्दा डरलाग्दो देश साबित भएको छ।
रिपोर्टस वीदाउट बोर्डरस आरएसएफले एउटा प्रतिवेदन सार्वजनिक गर्दै चीन पत्रकारहरुका लागि खराब देश साबित देखाएको हो।
चीनले पत्रकारविरुद्ध चरम दमन गरेको प्रतिवेदनमा जनाइएको छ।
वुहानमा कोभिड १९ संकटबारे समाचार तयार गर्ने कम्तिमा १० जना पत्रकार र अनलाइन टिप्पणीकारहरुलाई कैद गरेको थियो।
अहिले पनि देशका विभिन्न कारागारमा १२७ पत्रकार रहेको प्रतिवेदनमा उल्लेख छ। एजेन्सी