मेस्सी र एम्बाप्पेको दुई–दुई गोलमा पीएसजीको जित

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १२ : १७


काठमाडौं। स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २–२ गोल गरेको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले यूईएफए च्याम्पियन्स लिगमा प्रभावशाली जित निकालेको छ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको समूह ‘ए’ को खेलमा पीएसजीले क्लब ब्रुगलाई ४–१ अन्तरले पराजित गर्दै उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो।

खेलको दोस्रो मिनेटमा पीएसजीले एमबाप्पेको गोलमा अग्रता लियो। ७ मिनेटमा एन्जल डी मारियाको पास एमबाप्पेले भलीमार्फत दोहोरो अग्रता बनाए।

खेलको ३७औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई ३–० को अग्रता दिलाए। ६७औँ मिनेटमा माट्स रिट्सले गोल गर्दै ब्रुगलाई ३–१ को अवस्थामा झारे।

तर ७६औँ मिनेटमा आफैंलाई फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दे मेस्सीले टोलीलाई ४–१ को जित दिलाए।

यसै समूहको अर्को खेलमा म्यानचेष्टर सिटी आरबी लाईपजिगसँग २–१ ले पराजित भयो।

पिएसजी ६ खेलमा ३ जित २ बराबरी र १ हार सहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । सिटी १२ अंकसहित शीर्ष स्थानमा रहँदा ७ अंक बनाएको आरबी लाईपजिग र ४ अंक बनाएको क्लब ब्रुग समूह चरणबाटै बाहिर रहे।


प्रतिक्रिया दिनुहोस्