अफगानी शरणार्थीको प्रवाह बढ्दो, अ‍ार्थिक सहयोग गर्न राष्ट्रसंघको आह्वान

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १२ : ०९


जेनेभा। शरणार्थीका लागि राष्ट्रसंघका उच्च अ‍ायुक्त फिलिपो ग्रान्डीले विश्वका विभिन्न मुलुकमा अफगान शरणार्थीको संख्या बढ्ने चेतावनी दिएका छन्।

वर्षौ‌देखि युद्धका कारण तहसनहस भएको अफगानिस्तानमा अ‍ार्थिक स‌ंकट चुलिएको छ। ‘उच्च जीविकोपार्जनको खोजीमा अफगानिस्तानबाट बाहिरने शरणार्थी प्रबाह दिनहुँ बढिरहेको छ’ ग्रान्डीले भने। अफगानिस्तानमा मानवीय संकट चुलिएको राष्ट्रसंघले जनाउदै अ‍ाएको छ।

अफगानिस्तानको कूल चार करोड जनसंख्यामध्ये अ‌ाधा करोड जनसंख्या यो हिउँदमा भोकमरीको चपेटामा पर्ने राष्ट्रसंघले जनाउदै अ‍ाएको छ।

राष्ट्रसंघका अनुसार अफगानिस्तानको प्रतिव्यक्ति आय सन् २०१२ मा ६५० डलर रहेकोमा सन् २०२० मा ५०० डलर पुगेको थियो।

अफगानिस्तानले आर्थिक संकट सामना गरिरहे आगामी वर्ष उसको प्रतिव्यक्ति आय ३५० डलर हुने राष्ट्रसंले प्रक्षेपण गरेको छ। अहिलेकै अवस्था रहेमा वा कुनै सुधारका कदम नचालिएमा यो दर आगामी वर्ष ३० प्रतिशतले घट्ने अर्थात १४ अर्ब डलरमा खुम्चिने पनि राष्ट्रसंघले अनुमान गरेको छ।

१५ अगस्टमा तालिबानले सत्तापलट गरेपछि विभिन्न दातृ समुदायले यसअघि दिँदै अ‌ाएको सहयोग रोक्का गरेका छन्।

तालिवानले सत्ता सम्हालेपछि अफगान सर्वसाधरण नागरिक पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकस्तानलगायतका देशमा शरण लिइरहेका छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्