अ‍ोमिक्रोन भेरियन्टलाई अहिले प्रयोगमा अ‍ाएकै खोपले काम गर्छः डब्लूएचओ

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : १०


न्युयोर्क। अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन डब्लूएचअ‍ोले जनाएको छ।

अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन्।

प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ। दक्षिण अफ्रिकामा ओमिक्रोन स‌क्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा ‌अ‌ाएकै खोपले काम गर्ने देखिएको हो।

चलन चल्तिमा अ‍ाएका खोप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

डब्लूएचओको यस भनाइसँगै विश्वभर राहत मिलेको छ। सुरुवाती चरणमा वैज्ञानिकहरुले कोरोनाको हालसम्म बनेका खोपले काम नगर्ने अनुमान गरेका थिए।

जसकारण विश्वका कयौं देशले भ्रमण प्रतिबन्ध लगाएका थिए। जापान, अस्ट्रेलियाजस्ता मूलुकले आफ्नो देशमा विदेशी नागरिकलाई आउन नदिने बताएको छ।

उक्ता ७० भन्दा बढी मुलुकले ओमिक्रोन देखिएका दक्षिण अफ्रिकी राष्ट्रहरुमा भ्रमण प्रतिबन्ध लगाएको छ।

हाल प्रयोगमा आएका खोपहरु ओमिक्रोनविरुद्ध प्रभावकारी छ भन्ने डब्लूएचओको भनाइसँगै विश्वलाई रातह पुगेको छ किनभने यसअघि पुनः लकडाउन गर्नुपर्ने अवस्थाको आँकलन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्