नाइजेरियामा १० लाख डोज खोप हिनामिना

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ०२


कानो । अफ्रिकी देश नाइजेरियामा १० लाख डोज कोभिड खोप हिनामिना भएको छ । प्रयोग नभइ पहिलो पटक यति ठूलो परिणाममा खोप खेरा गएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार २० करोड जनसंख्या भएको नाइजेरियामा मुस्किलले चार प्रतिशत वयस्कले खोप लगाएका छन् ।

राम्रोसँग भन्डारण हुन नपाउँदा ठूलो परिमाणमा खोप हिनामिना भएको हो । अनुदानमा प्राप्त ठूलो परिमाणाको खोप व्यवस्थापन गर्न नसक्दा अफ्रिकी मुलुकहरुमा खोप हिनामिना हुने क्रम बढ्दो छ ।

सरकारले खोप व्यवस्थापन गर्न नसक्दा हिनामिना भएको डूब्लूएचओले जनाएको छ । अक्टोबरमा प्रदान गरिएको थप आठ लाख खोपको मात्रा भने प्रयोगमा अ‌ाएको जनाइएको छ । नाइजेरियामा अझै ५० प्रतिशतले पूर्ण खोप लगाएका छैनन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै पश्चिमेली देशहरुले नाइजेरियामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । पछिल्लो समयमा नाइजेरियामा संक्रमितहरुको संख्या बढेको छ ।


प्रतिक्रिया दिनुहोस्