अकुपाइ टुँडिखेल अभियानः मानव साङ्लो बनाइने

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  २ : १३


काठमाडौं । अकुपाइ टुँडिखेल अभियान सुरु हुँदैछ। 

टुँडिखेल खुल्ला हुनुपर्ने माग गर्दै शनिबार बिहान रत्नपार्कदेखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म मानव साङ्लो बनाएर अभियानको सुरुवात गरिँदैछ।

अकुपाइ टुँडिखेलुमा विभिन्न क्षेत्रका व्यक्तिदेखि जनप्रतिनिधिसम्म समर्थनमा उत्रने छन ।

मानव साङ्लो सहित विभिन्न जनचेतनामुलक प्लेकार्ड र ब्यानरहरु प्रदर्शन गरिनुका साथै नाराहरु सहितको बेलुन उडाइने बताइएको छ। 

ट्राफिक र सवारी आवगमनमा कुनै समस्या नहोस भन्ने हेतुका साथ स्वयमसेवक परिचालन गरिनेछ।

आज पहिलो चरणको समापनपछि तीन महिनासम्म प्रत्येक शनिवार टुँडिखेल क्षेत्रमा रचनात्मक र चेतनामुलक कार्यक्रम संचालन गरिने अकुपाइ टुँडिखेल अभियानले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्