सप्तरीमा गाँउपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट हुँदा अध्यक्षको दाँत भाच्चियो

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : ३७


काठमाडौं । सप्तरीमा गाँउपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट हुँदा अध्यक्षको दाँत भाच्चिएको छ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको बैठकका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुईवटा दाँच भाँचिएको छ।

आज दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो।

त्यही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको बताइएको छ।

अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण गाउँपालिकाको पछिल्लो दुई बर्षको गाउँसभा हुन नसक्दा कर्मचारीले तलब नपाएको भन्दै आन्दोलन गरेका थिए। कर्मचारीको आन्दोलनपछि एक साताअघि मात्रै गाउँसभा भएको थियो।

उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गर्न खोज्दा उनकै हातको चुरासमेत फुटेको छ। अध्यक्षले अपशब्द प्रयोग गरेपछि आफूले कुर्सी प्रहार गरेको उपाध्यक्षले बताएकी छन।

 


प्रतिक्रिया दिनुहोस्