सैन्यविद्हरूलाई पार्टीमा ‘पूर्ण निष्ठा’ का साथ काम गर्न किमको आग्रह

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ३३


प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले सैन्यविद्हरूलाई सत्तारुढ मजदुर पार्टी अफ कोरिया (डब्लुपीके)लाई ‘पूर्ण निष्ठा’का साथ काम गर्न आह्वान गर्नुभएको कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)ले मङ्गलबार जनाएको छ।

किमले शनिबार र आइतबार प्योङयाङमा सम्पन्न कोरियाली जनसेना (केपीए)का विज्ञहरूको आठौँ भेलामा उक्त भनाइ राख्नुभएको हो।

उत्तर कोरियाली सत्ताधारी दल ‘वर्कस पार्टी अफ कोरिया (डब्ल्यूपीके) का महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष किमले पार्टीको विचार र नेतृत्वप्रति अथाह निष्ठावान् हुन र सैन्य शिक्षालाई व्यवस्थित र उपलब्ध गराउन सबै सैनिक शिक्षाविद्हरूलाई तयार गर्नुपर्नेमा जोड दिनुभएको हो। यो कोरियाली शैन्यविद्लाई लक्षित पार्टी विचार, नीति र पद्धतिप्रति इमान्दार बन्न दिइएको कडा निर्देशन हो।

रिपोर्टअनुसार सैन्यविद्हरू आफ्नो महान कार्य र कर्तव्यबारे गम्भीररूपमा चनाखो रहनु पर्नेमा सर्वोच्च नेताले जोड दिए।

सप्ताहन्तको सम्मेलनमा सैन्य जनशक्ति, केपीएको जनरल पोलिटब्युरोका वरिष्ठ अधिकारीहरू र जनरल स्टाफ तथा अन्य सम्बन्धित अधिकारीहरू उपस्थित रहेका केसीएनएले बताएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्