राजाको फोहरी हस्तक्षेप राप्रपामा त भयो अरु पार्टीमा हुँदैन भन्ने के ग्यारेन्टी?: थापा

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ०१


काठमाडौं । राप्रपाका नेता कमल थापाले आफ्नो पार्टीमा राजा ज्ञानेन्द्रको ठाडो हस्तक्षेप भएको बताएका छन।

उनले आफ्नो पार्टीमा राजाले हस्तक्षेप गरेको भन्दै राजतन्त्र आए भोलि अन्य पार्टीमा पनि हुँदैन भन्ने के ग्यारेन्टी छ भन्दै प्रश्न गरेका छन।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ।’


प्रतिक्रिया दिनुहोस्